स्वास्थ्य शिविरबाट तीनसय बढी लाभान्वित

११ जेष्ठ २०७६, शनिबार १८:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रामा शनिवार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ६९ जना सर्वसाधारण लाभान्वित भएका छन् । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र र मानव अधिकार अनुगमन नेपाल, बाँकेको संयुक्त आयोजना तथा वडा नं. ६ कार्यालयको सहकार्यमा शिविर आयोजना गरिएको थियो ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेकी अध्यक्ष लता शर्माका अनुसार विहान ८ देखि दिउँसो ३ बजेसम्म सञ्चालित शिविरबाट २ सय महिला र १ सय ३३ पुरुष गरी ३ सय ३३ जनालाई स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।



शिविरमा नेपालगञ्ज मेडिकल कलेजका बाल रोग विशेषज्ञ डा. अनुप सिंह महरोत्रा, भेरी अञ्चल अस्पतालकी मेडिकल अफिसर डा. अस्मिता गौतम र नेपालगञ्ज मेडिकल कलेजका अफिसर दीपक जायसवालले स्वास्थ्य सेवा दिएका थिए । स्थानीय सिद्धार्थ निकेतन विद्या मन्दिर परिसरमा सञ्चालित शिविरमा १३ महिनाको बालबालिकादेखि ८५ वर्षीय वृद्धावृद्धाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा स्वास्थ्यकर्मी राजेन्द्र वर्मा, स्मारिका श्रेष्ठ र सिमरन श्रेष्ठ एवं आयोजक संस्थाका उपाध्यक्ष तारा केसी, कोषाध्यक्ष ममता आचार्य, नितेश गिरी, रमणकुमार आचार्य, निखिल जायसवाल लगायतले सहयोग गरेका थिए । वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप सिंहले आयोजक संस्था र चिकित्सकहरुलाई शिविर सञ्चालन गरेर स्थानीयलाई सेवा दिएकोमा आभार व्यक्त गरे ।

Next Post

पुप्पलालचोक नजिकै विकल्प आयुर्वेद सञ्चालनमा ल्याईदै

११ जेष्ठ २०७६, शनिबार १८:३१
सदरलाइनडटकम, नेपालगञ्ज   : नेपालगञ्जमा विकल्प आयुर्वेद हेल्थ सेन्टर प्रालिले नेपालमै सबैभन्दा सस्तो र गुणस्तरिय आयुर्वेद सेवा दिने दावी गर्दै शाखा विस्तार गर्ने जनाएको छ । नेपालगञ्जको पुष्पलालचोकमा सोमबारदेखि सञ्चालनमा ल्याउन लागेको सो आयुर्वेद हेल्थ सेन्टरको चितवनको भरतपुरमा प्रधान कार्यालय स्थापना गरी धनगढी, पोखरा, काठमाडौंको बल्खु र घोराहीमा शाखा कार्यालय संचालनमा […]