जुडो दिवस मनाइयो

सदरलाइन संवाददाता ११ कार्तिक २०७८, बिहीबार १७:३६
 


काठमाडौं : नेपाल जुडो संघले विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस बिहीबार मनाएको छ । अक्टोबर २८ तारिखका दिन अन्तर्राष्ट्रिय जुडो महासंघ (आईएसजेएफ) मा आबद्ध करिब २ सय ५ देशमा कार्यक्रम गरी विश्व जुडो दिवस मनाउने प्रचलन रहेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

सोही क्रममा जुडो संघले नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) कार्यक्रम आयोजना गरेको हो । त्यस अवसरमा एमएमएसी, बन्दी सहायता गृह (पाम) र नेपाली सेनाको क्लोज प्रोटेक्सनका खेलाडीहरुले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।


जुडो आबद्ध विभिन्न जिल्ला र क्लबलाई पनि कार्यक्रम आयोजना गरी विश्व जुडो दिवस मनाउन जानकारी गराइएको महासचिव श्रेष्ठले जानकारी गराए । जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य भने जुडोकै कार्यक्रमको सिलसिलामा पोर्चुगलमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । उनी आजै स्वदेश फर्किने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विन्टर हाफ म्याराथन कात्तिक २७ मा

११ कार्तिक २०७८, बिहीबार १७:३६
काठमाण्डौं : बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समिति, सिन्धुपाल्चोकको संयुक्त आयोजनामा चौथो पाँचपोखरी विन्टर हाफ म्याराथन कात्तिक २७ गते हुने भएको छ । नेपाल एथलेटिक्स संघको समन्वयमा हुन लागेको प्रतियोगितामा २१ किलोमिटर दूरीमा ३ विधा प्रतिस्पर्धा हुने समितिका अध्यक्ष टासी शेर्पाले बिहीबार आयोजित पत्रकार […]