बाँकेको बैजनाथ गाउपालिकाले एकवर्षमा ४१ सय मिटर सडक कालोपत्रे सम्पन्न

सदरलाइन संवाददाता ६ आश्विन २०७८, बुधबार १२:५५
 


बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकाले कोरोना कहरका बीचमा पनि विकास निर्माणको गतिलाई तीब्र पार्दैै ४ हजार मिटर भन्दा बढी सडक कालोपत्रे गर्नुको साथै १२ हजार मिटर सडक स्तरोन्ती र सडक ग्रावेल गरेको जनाएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा हासिल गरेको प्रगतिको बारेमा जानकारी दिदै पालिकाका लेखा अधिकृत प्रर्णप्रसाद जैशीले दिएको जानकारी अनुसार गाउपालिकामा पूर्वधार तर्फका १ सय २५ योजना मध्ये सबै भन्दा बढी ९७ वटा योजनाहरु उपभोक्ता समुह मार्फत र २७ वटा योजनाहरु टेण्डर ठेक्का मार्फत सम्पन्न गरेको जनाएको हो ।

गाउँपालिकाले जिल्ला सभामा पेश गरेको तथ्याङ्क अनुसार उपभोक्ता मार्फत ३९ वटा योजना मार्फत १२ हजार ४ सय १७ मिटर सडक ग्रावेल गरेको, २ सय मिटर सडक पिसिसि निर्माण गरेको जनाएको छ । सोही योजना अन्तरगत टेण्डर ठेक्काबाट सम्पन्न भएका २२ वटा योजनाबाट ४ हजार १ सय मिटर सडक कालोपत्रे गर्नुको साथै ११ हजार ८ सय ७१ मिटर सडक स्तरोन्नती ( कालोपत्रे गर्ने अवस्थाको ) गरेको छ ।


यसैगरी उपभोक्ता समिति मार्फत भवन पूर्वाधारमा १३ वटा भवन निर्माण तथा मरमत सम्पन्न गर्नुको साथै ठेक्का टेण्डरबाट २ वटा भवन निर्माण गरेको , १ हजार २ सय ४६ मिटर पक्की नाली निर्माण गर्नुको साथै खानेपानी र सरसफाई तर्फ ७ वटा योजनामा ३ हजार ७ सय ६८ मिटर पाईप बिच्छाउदै र ३० वटा धारा बितरण गरेको छ ।

पालिकाले कृषि सिचाईका ९ वटा योजना मार्फत २ सय ५ मिटर पक्कि सिचाई कुलो निर्माण गरी किसानलाई २० वटा समरसिएबल पम्प वितरण, पुल, कल्र्भट र झुलुङ्गेपुल १२ वटा योजना मध्ये ९ वटा उपभोक्ता समितिबाट र ३ वटा टेण्डर ठेक्काबाट सम्पन्न गरेको र घेरावार पर्खालका १२ वटा योजना मध्ये ११ वटा उपभोक्ता समिति मार्फत १ हजार ३ सय ७५ मिटर तारजाली र ९ सय २३ मिटर पर्खाल १ योजना घेराबार पर्खालको ठेक्काबाट सम्पन्न गरेको छ । न्युज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा भेरोसेलको दोस्रो मात्रा दिन शुरु

६ आश्विन २०७८, बुधबार १२:५५
नेपालगञ्ज : नेपालगञ्जमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन शुरु गरिएको छ । पहिलो मात्रा लगाएकालाई कोरोना विरुद्धको भेरोसेलको दोस्रो मात्रा दिन शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतले जानकारी दिए । रामलिला मैदानको बालमन्दिरमा खोप लगाउन लक्षित समूहको लाइन छ । ४५ वर्ष माथिका सबै […]