कैलालीका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता ३० कार्तिक २०७७, आईतवार ०९:०६
 

नेपालगञ्ज : कैलालीका थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार राती १० बजेर ५० मिनटमा कैलालीको भजनी नगरपालिका वडा नं. ८ का ६५ बर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बस्दै आएका उनको स्वास्थ्यमा समस्य देखिएपछि कार्तिक २८ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । रोगको प्रकृतिअनुसार सबै उपचार गर्दासमेत अवस्था बिग्रिँदै गएपछि उनको शनिवार राती मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


योसँगै बाहिरी जिल्लाबाट आएर बाँकेमा उपचारका क्रममा मृत्यु भएकाको संख्या ३७ पुगेको छ ।

Next Post

बाँकेमा आइतवार २६ जना डिस्चार्ज

३० कार्तिक २०७७, आईतवार ०९:०६
नेपालगञ्ज : बाँकेमा आइतवार २६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १८ पुरुष र ८ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ९५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]