नेपालगञ्जमा भेरोसेलको दोस्रो मात्रा दिन शुरु

सदरलाइन संवाददाता ६ आश्विन २०७८, बुधबार १३:०९
 

नेपालगञ्ज : नेपालगञ्जमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन शुरु गरिएको छ । पहिलो मात्रा लगाएकालाई कोरोना विरुद्धको भेरोसेलको दोस्रो मात्रा दिन शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतले जानकारी दिए ।

रामलिला मैदानको बालमन्दिरमा खोप लगाउन लक्षित समूहको लाइन छ । ४५ वर्ष माथिका सबै र १८ वर्षमाथिका छुट विद्यार्थीलाई खोप लगाइने छ ।


बस्नेतका अनुसार असोज १२, १३ र १४ गते वडाका सबै स्वास्थ्य संस्थाबाट खोप लगाइने छ । खोप लगाउन जाँदा खोप कार्ड भने अनिवार्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिरोबाट एकै परिवारका तीन जनाको मृत्यु

६ आश्विन २०७८, बुधबार १३:०९
गुल्मी : पहिरोमा गुल्मीमा परि एकै परिवारका तीन जन दिदिबहिनीको मृत्यु भएको छ । मंगलवार रातीदेखि परेको अविरल बर्षाका कारण गुल्मीमा पहिरा आएर घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । गुल्मीकोको रेसुङ्गा नगरपालिका ८ थुम्काका तिलक परियारको घर पहिरो पुरिँदा उनकी २१ वर्षीया छोरी भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा […]

सम्बन्धित