तुलसीपुरमा खुला कवडी प्रतियोगिता हुँदै

सदरलाइन संवाददाता १३ भाद्र २०८०, बुधबार १६:२६
 

दाङ : दाङको तुलसीपुरमा खुला कवडी प्रतियोगिता २०८० हुने भएको छ । युथ स्पोर्ट्स एकेडेमी तुलसीपुर दाङको आयोजनामा हुने प्रतियोगिता यहि भदौ १५ गते शुक्रबारदेखि राप्ती किङ प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको औपचारिक उदघाटन बिहान ११ बजे हुने आयोजक युथ स्पोर्ट्स एकेडेमी तुलसीपुरका अध्यक्ष सुजन थापामगरले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।


त्यस्तै उपबिजेता टिमले नगद २० हजार, ट्रफी, मेडल प्रमाणपत्र र तृतिय स्थान हात पार्ने सेमिफाइनलसम्म पुगेका दुई टिमलाई प्रमाणपत्र, मेडल, कपको ब्यवस्था गरिएको अध्यक्ष थापाले बताए ।

भदौ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ बढी टिमको सहभागिता रहनेछ । यसैबिच आयोजकले प्रतियोगितामा सहभागी हुने टिमका खेलाडीहरुको उमेर २२ वर्ष मुनिको हुनुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक महिनाभित्रै आफ्नो दरबन्दीमा जानु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

१३ भाद्र २०८०, बुधबार १६:२६
नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक महिनाभित्रै काज फिर्ताको बिषय टुंगिने बताएका छन् । भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले पहुँच र पावरको भरमा मन्त्रालय र आफुअनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरु अव एक महिनाभित्रै आफ्नो दरवन्दीमा जाने बताए […]

सम्बन्धित