होटल भत्किँदा चीनमा ६ जनाको ज्यान गयो

२५ फाल्गुन २०७६, आईतवार १४:४५
 

सदरलाइनडटकम,
काठमाण्डौ : चीनमा कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसको परीक्षण गर्न क्वारेन्टाइनका लागि प्रयोग गरिएको होटल भत्किँदा ६ जनाको ज्यान गएको छ भने २८ जना सम्पर्कविहिन भएका छन् ।
३८ जनाको भने उद्धार गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । फुजियानको दक्षिणी प्रान्तको ग्वान्झावोमा रहेको पाँच तले होटल भत्किएको हो । यो होटलमा कोरोना संक्रमितसँगको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राख्ने गरिएको थियो । अहिले पनि हराइरहेकाहरुको खोजी तथा उद्धारको काम भइरहेको बीबीसीले जनाएको छ ।
भवन भत्कनुको कारण खुलेको छैन । ग्वान्झावोमा अहिलेसम्म ४७ जनामा कोरोनाको पुष्टि भएको छ । ८० कोठाको होटल सन् २०१८ मा खोलिएको हो । फुजियान प्रान्तमा दुई सय ९६ जनालाई कोरोना भएको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका १० हजार ८ सय १९ जनालाई क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ ।
अरु देशमा कोरोना भाइरस फैलिएपछि चीनमा कोरोनाका कारण ज्यान गुमाउनेसँगै सङ्क्रमित हुनेको सङख्या घट्दै गएको छ । गएको २४ घण्टामा चीनमा ४५ जना नयाँ बिरामी भेटिएका छन् भने २७ जनाको ज्यान गएको छ ।
चीनमा अहिलेसम्म ८० हजार ६ सय ९६ जना सङ्क्रमित भएकामा ५७ हजार एक सय ६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । २० हजार ४ सय ९३ अहिले पनि उपचाररत छन् भने ३ हजार ९७ जनाको ज्यान गएको छ ।

Next Post

प्रदेश ५ को नाम ‘मगरात प्रदेश’ नामाकरण गर्न माग

२५ फाल्गुन २०७६, आईतवार १४:४५
सदरलाइनडटकम, दाङ्ग : नेपाल मगर संघले प्रदेश नम्बर ५ को नाम ‘मगरात प्रदेश’ राख्न माग गरेको छ । आइतबार दाङ्गको घोराहीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यस्तो माग गरेको हो । नेपाल मगर संघ दाङ्गका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रीय सदस्य दर्जित रोका मगरले मगरात […]