सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको हिरमिनियाँ क्षेत्रबाट नेपाली खुकुरी चुरोट भारतमा उत्पादन गरी नेपाल भित्र्याउने गरेको पाईएको छ । नेपाल प्रहरीको पाँच नं प्रदेश व्यूरोबाट खटिएको टोलीले शनिबार नेपालगञ्ज–१४ भवानियाँपुरबाट एक कार्टुन सो चुरोटसहित एक जनालाई नियन्त्रणमा लिएपछि सो कुरा जानकारीमा आएको हो ।
भारतमा उत्पादन गरिएको खुकुरी चुरोट र नेपाली उत्पादनको चुरोटको बट्टाबाट पहिचान हुने बताईएको छ । सो व्यूरोटोलीले नेपालगञ्ज–३ एकलैनीका करिव ५२ वर्षिय अकरम अन्सारीलाई भे २ प ७३४९ नंवरको मोटरसाईकल र एक कार्टुन चुरोटसहित नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका अन्सारीलाई ईलाका प्रहरी कार्यालय जयसपुरमा राखिएको प्रहरी निकट स्रोतले जनाएको छ ।
