दुर्लभ वन्यजन्तुको सालकसहित बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १६:३७
 

नेपालगञ्ज : दुर्लभ वन्यजन्तु सालकको खपेटासहित नेपालगन्जको जयसपुरबाट सोमवार एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको टोलीले एक किलो चार सय ग्राम तौलसहित बर्दिया बारबर्दिया नगरपालिका–१ बनगईका २४ वर्षीय नहकुल थापामगरलाई पक्राउ गरिएको उक्त गणका सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिए ।


उक्त सालक भारत तस्करी गर्ने क्रममा सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सालक र पक्राउ व्यक्तिलाई डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको सशस्त्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुत्न जान्छु भनेर हिडेकी महिला झुण्डिएको अवस्थामा

२८ भाद्र २०७८, सोमबार १६:३७
दैलेख : दैलैखको चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नंं ५ निवासी एक महिला पासो लगाई झुण्डिएको अवस्थामा मृत फेलापरेकी छन । २७ बर्षिया भावना देवकोटा सोमबार बिहान पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । आईतबार राति साढे आठ बजेको समयमा घरदेखि केही तलतिर रहेको अर्को आफ्नै घरमा […]