वडा सदस्य आइती नेपालीको मृत्यु

१८ माघ २०७४, बिहीबार १८:५०
 

सदरलाइनडटकम 
१८ माघ, नेपालगन्ज :  नेपालगन्ज उप–महानगरपालिका वडा नम्वर ७ का वडा सदस्य आइती नेपालीको निधन भएको छ । ४२ वर्षिया नेपालीको बुधबारविहान २ वजे वडा नम्वर ७ आफ्नै निवासमा निधन भएको हो ।
गत २० दिनदेखि अस्वस्थ नेपालीको लखनउनस्थित उपचार सम्भव नभएपछि बुधबार साँझ घर पु¥याइएको थियो । नेकपा माओवादी नगर कमिटि सदस्य समेत रहेकी नेपालीको बे्रनमा टिबी देखिएको पारिवारिक श्रोतले जनाएको छ ।
उनको बुधबार नै सिधनीयाघाटमा परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उनको निधनले वडावासीलाई अपुरणीय क्षती पुगेको भन्दै श्रद्धाका लागि बुधबार एक दिन वडा कार्यालयको कामकाज पनि रोकिएको वडा अध्यक्ष जुम्मन खाँनले जानकारी दिए ।
यसैवीच उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणा र उपमेयर उमा थापामगरले मृतात्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारलाई भेटेर हार्दिक समवेदनाका साथै सान्त्वना प्रकट गरेका छन् ।
नेपालगन्ज उप–महानगरपालिकाले पे्रस नोटमार्फत पनि मृतात्माप्रति श्रदाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ ।

Next Post

किन पेश्की रकम लिएर काम छोड्दै भाग्दै गर्छन् निर्माण व्यवसायी

१८ माघ २०७४, बिहीबार १८:५०
जाजरकोट । चार वर्ष अघि निर्माण भईसक्नुपर्ने भवन ६ वर्ष वितिसक्दा सम्म निर्माण नहुँदा सेवा प्रवाहमा समस्य भएको छ । जिल्ला अस्पतालको प्रसूतिगृह चार वर्ष सम्म निर्माण नहुँदा अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक वर्ष २०६८ ÷६९ मा ठेक्का भई फ्राइन्ड्स कन्स्ट्रक्सन […]