सुत्न जान्छु भनेर हिडेकी महिला झुण्डिएको अवस्थामा

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १९:४५
 


दैलेख : दैलैखको चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नंं ५ निवासी एक महिला पासो लगाई झुण्डिएको अवस्थामा मृत फेलापरेकी छन । २७ बर्षिया भावना देवकोटा सोमबार बिहान पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आईतबार राति साढे आठ बजेको समयमा घरदेखि केही तलतिर रहेको अर्को आफ्नै घरमा सुत्न जान्छु भनि निस्किएकी उनी सोमवार बिहान ६ बजे पासो लगाई झुण्डिएको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यलय दैैलेखले जानकारी दिएको छ ।


घटना बारे थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक मोहनसिंह पुजाराको कमाण्डामा ३ जनाको टोली खटिएको र ईलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरिक्षक नेत्र बुढाको कमाण्डमा ५ जनाको टोलीले प्रारम्भिक अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनका पाँच महिनाको एउटा छोरा र छ वर्षकी एउटा छोरी गरी दुई सन्तान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खसीसहित अबैध सामान बरामद गरी भन्सारमा

२८ भाद्र २०७८, सोमबार १९:४५
नेपालगञ्ज  :  बाँके प्रहरील २ लाख ४६ हजार ४ सय ४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका वडा नं.१० बाट लत्ता कपडा (कुर्ता सुरुवाल), सुपारी, चिनी, गाडी मोटरको पार्ट पुर्जा, सिसाको गिलास र खसी समेत रहेको जनाएको छ । बरामद […]