बाँकेको डुडुवा गाउँपालिकामा विद्यालय स्वागत तथा भर्ना अभियान शुरु

२ बैशाख २०७५, आईतवार १८:१४
 

सदरलाइनडटकम
२ बैशाख नेपालगन्ज : नयाँ शैक्षिक सत्रको लागि बाँकेको डुडुवा गाउँपालिकाले विद्यालय स्वागत तथा भर्ना अभियान आईतबारदेखि शुरु गरेको छ । ‘बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुचको सुनिश्चिता र सिकाईमा स्थायित्व’ भन्ने मुल नाराका साथ अभियानको शुभारम्भ गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले अभियानको शुरुवात गर्दै गाउँपालिका अन्र्तगतका विद्यालयहरुमा बाहिर रहेका सम्पुर्ण बालबालिकालाई विद्यालयमा भर्ना गराउने अभियान प्रभावकारी रुपमा लैजाने प्रतिबद्धता गर्दै शिक्षाको अवस्थामा व्यापक सुधार ल्याउन योजना नै निमार्ण गरि अघि बढेको दाबी गरे ।
उनले गाउँपालिकाले शुरु गरेको घर घरमा एसईई अभियान अन्र्तगत अब कुनै पनि घरमा अशिक्षित नागरिक नहुने बताउदै गाउँपालिकाका हरेक नागरिकको सोचमा परिवर्तन गरि शिक्षित बनाएर तिनका बालबालिकाहरुलाई विद्यालय पठाउने तर्फ उत्पे्ररित गरिने बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, वडा सचिव मानबहादुर बोगटी, घरधुरी सर्भेक्षण अभियानका संयोजक प्रभाकर भट्राई लगायतले विद्यालय बाहिर रहेका डुडुवाका बालबालिकाहरुलाई अभिभावक शिक्षा प्रदान गरि तिनीहरुलाई भर्ना अभियानमा सफल गराई नियमिततामा जोड दिएका छन् ।
विद्यालय भर्ना अभियानमा गाउँपालिकामा घरधुरी सर्भेक्षणका लागि खटिएका करिब ६० जना संकलकहरुले सोमबारदेखि १५ दिनसम्म भर्ना अभियानलाई सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्र्तगत प्राविस्तरका १५ वटा, आधारभुतस्तरका २ वटा, मदरसा १३ वटा र गुरुकुल १ गरि जम्मा ३१ वटा सामुदायिक विद्यालयहरु रहेका छन ।
यही बैशाख ८ गतेदेखि ती सबै विद्यालयहरुमा विद्युतीय हाजिरी र प्रजेक्टरको माध्यमले इ–शिक्षा प्रदान गरिने शिक्षा शाखाले जनाएको छ । गाउँपालिकामा अहिले करिब २० प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको तथ्यांक छ ।
विद्यालयको गुणस्तर प्रभाकारी नभएको गनासो आएपछि गाउँपालिकाले शिक्षाको अवस्था सुधार ल्याउन विद्युतिय हाजिरीको व्यवस्था लगायतका साधन प्रयोग गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

Next Post

क्यान्सर अस्पताल सञ्चालन हुने

२ बैशाख २०७५, आईतवार १८:१४
सदरलाइनडटकम २ बैशाख, नेपालगन्ज : स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले आईतबार बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको अवलोकन गरेकी छन् । अर्याल सहित पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, स्वास्थ्य सचिव पुष्पा अर्याल लगायतले अस्पतालको अवलोकन गरे । यही महिनादेखि ओपिडी र ‘डे’ सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी […]