नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनको जिम्मा निजीलाई

सदरलाइन संवाददाता २८ पुष २०८०, शनिबार १३:१२
 

नेपालगञ्ज : सरकारले नेपालगन्ज एकीकृत जाँच चौकीको सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रमार्फत गराउन कम्पनी छनोट गरेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले जाँच चौकी सञ्चालनको जिम्मा टीआरएस एटलस लोजिपार्क प्रालिलाई दिने भएको हो । समितिका कार्यकारी निर्देशक आशीष गजुरेलका अनुसार जाँच चौकी सञ्चालनका लागि गत असार ११ गते अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान भएको थियो ।


एटलस टर्मिनल जेभी काठमाडौं र ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि विराटनगरले आवेदन दिएका थिए । ‘दुई कम्पनीमध्ये एटलस टर्मिनल जेभी अन्तर्गतको टीआरएस एटलस लोजिपार्क प्रालि छनोट भएको उनले बताए । ती कम्पनीसँग ५ वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम र नियमानुसार महसुल बाँडफाँड गर्ने गरी करार सम्झौता भएको छ,’ उनले भने ।

सम्झौताअनुसार जाँच चौकी समितिलाई हस्तान्तरण भएको मितिदेखि सञ्चालन तथा व्यवस्थापन टीआरएस एटलस लोजिपार्क प्रालिले गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसोका कारण हुम्लाका विद्यालय बन्द

२८ पुष २०८०, शनिबार १३:१२
हुम्ला : हुम्लाका अधिकांश सामुदायिक विद्यालय बन्द गरिएका छन् । वार्षिक परीक्षा सम्पन्न भएको र चिसोका कारण डेढ महिनाका लागि सबै तहका विद्यालय बन्द गरिएका हुन् । ताँजाकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालका अनुसार गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा हिउँदे बिदा गरिएको हो । यस शैक्षिक सत्रको वार्षिक परीक्षा लिएर नतिजा […]