जानकी (बाँके) : बाँके जानकी गाउपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले ६ हजार ६ सय ५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रातिद्वन्द्वी एमालेका हिमान्शु यादवले ४ हजार ७ सय ९५मत ल्याए ।
उपाध्यक्षमा नेपाली काँग्रेसकै रामप्यारी यादवले ६ हजार ६ सय ९ मत ल्याउदै बिजयी हुँदा उनका निकटतम प्रातिद्वन्द्वी एमालेकी भुमिसरा धितालले ३ हजार ४ सय ५६ मत प्राप्त गरिन ।
धिताल निवर्तमान उपाध्यक्ष हुन । ६ वडा रहेको सो पालिकामा माओवादी केन्द्रले १ वडा जसपाले २ वडा, काँग्रेसले ३ वडामा जित हासिल गरेको छ ।