हतियार र गोली गट्ठासहित चार जना पक्राउ

सदरलाइन संवाददाता १४ भाद्र २०८०, बिहीबार १३:५१
 

धनगढी : कैलाली प्रहरीले हतियार र त्यसको गोली गट्ठासहित चार जनालाई पक्राउ गरेको छ ।

गस्तीमा खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–१ भरुवाबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुन विक, रामचन्द्र चौधरी, नरेश डङ्गौरा र सचिन चौधरी रहेका छन् । कुन्तीखेत जाने बाटो छेउमा बसिरहेको अवस्थाबाट उनीहरूलाई प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।


उनका अनुसार उनीहरूको साथबाट प्वाइन्ट २२ हर्नेट (बन्दुक) एक नाल, त्यसको म्याग्जिन एक थान, गोली १५ राउन्ड र पाँच ग्राम बारुद बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बस्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरमा प्रहरी हिरासतबाटै थुनुवा फरार

१४ भाद्र २०८०, बिहीबार १३:५१
कञ्चनपुर : कञ्चनपुरमा प्रहरीकै हिरासतबाट एक थुनुवा फरार भएका छन् । बुधवार राती ८ः३० बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन् । प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेका हुन् । बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा […]

सम्बन्धित