बाँकेमा बालबालिकालाई खोपको दोस्रो मात्रा लगाउन शुरु

सदरलाइन संवाददाता १० श्रावण २०७९, मंगलवार १४:१२
 

नेपालगञ्ज : बाँकेमा मंगलवारदेखि ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाउन शुरु गरिएको छ ।

गएको असार ९ गतेबाट १२ गतेसम्म खोपको पहिलो मात्रा लगाएका बालबालिकाहरुलाई आजदेखि फाइजरको दोस्रो मात्रा लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।


बाँकेमा ७६ हजार बढी बालबालिकालाई खोपको दोस्रोमात्रा लगाइने स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।

नेपालगञ्ज, जानकी, बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुरमा कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउन शुरु गरिएको छ । खजुरा र कोहलपुर नगरपालिकामा भने अर्को चरणमा खोप लगाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा मृत भेटिएका दम्पत्तिको ‘कन्ट्रयाक्ट किलिङ’ भएको खुलासा

१० श्रावण २०७९, मंगलवार १४:१२
नेपालगञ्ज : बाँकेको कोहलपुर १४ पार्वतीपुरमा मंगलवार विहान मृत भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको हत्या भएको खुलेको हो । कृष्णका दाई भाउजुले मान्छे लगाएर दम्पतीको हत्या गरेको खुलेको हो ।प्रहरीले मंगलवार अपरान्ह पत्रकार सम्मेलन गरेर कृष्णका दाई विजय […]