बाँकेमा सोमवार ८ संक्रमित थपिँदा ५ जना डिस्चार्ज

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १३:१४
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११९ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ६३ नमुना परीक्षण गर्दा ७ र मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टिभएको छ । बागेश्वरी प्रयोगशालामा १८ नमुना परीक्षण गर्दा भने सबै नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय पुगेको छ ।

यस्तै सोमवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बाँकेमा दुई जना पक्राउ

२८ भाद्र २०७८, सोमबार १३:१४
नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ का २८ वर्षीय रोमन भनिने सलमान राई र त्रिबेणी गाउँपालिका–१ रुकुमका २८ बर्षकै सम्राट खत्रीलाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ […]

सम्बन्धित