लागुऔषधसहित बाँकेमा दुई जना पक्राउ

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १३:२४
 

नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ का २८ वर्षीय रोमन भनिने सलमान राई र त्रिबेणी गाउँपालिका–१ रुकुमका २८ बर्षकै सम्राट खत्रीलाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट दुई ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


उनीहरुको शंकास्पद गतिविधि पाइएपछि जाँच गर्दा प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । सानातिना प्रयोगकर्ताहरुलाई पक्राउ गरेपनि ठूला कारोवारीहरुलाई भने प्रहरीले समात्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुपथ मूल्य पसल असोज १ देखि सञ्चालन गर्ने तयारी

२८ भाद्र २०७८, सोमबार १३:२४
नेपालगञ्ज : सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाण्डौ, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न […]