समाबेशी शिक्षा र कार्यगत सिमितता सम्बन्धी तालिम

सदरलाइन संवाददाता ५ पुष २०८०, बिहीबार १३:४४
 

नेपालगञ्ज : बर्दियाको राजापुर नगरपालिकामा रहेका माध्यामिक बिद्यालयका शिक्षकहरुकालागि समाबेशी शिक्षा र बालबालिकाहरुको कार्यगत सिमितता सम्बन्धी तालिम शुरु भएको छ ।

प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लाका राजापुर, गुलरीया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा सञ्चालन गरेको समावेशी शिक्षा र अपाङ्गता समावेशीकरण परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।

खासगरी वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमिता पहिंचान गर्ने र त्यसको तथ्यांक अपडेट गरी त्यस्ता बालबालिकाहरुको आबश्यकता सम्बोधन गर्ने उध्येश्यका साथ यो तालिमको आयोजना गरिएको हो ।
तलिमको औपचारिक शत्र बाँके युनेस्को क्लबका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा गरिएको थियो । सो शत्रमा तालिम आयोजनाको उदेश्य र सहभागीहरुलाई स्वागत बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले गरेका थिए ।

उद्देश्य प्रष्ट पार्दै नेपालीले बिद्यालय तथा समाजमा अपांगता भएका ब्यक्ति र बालबालिकाहरुले अन्येक किसिमका अप्ठयाराहरुको सामना गरिरहेको र उनीहरुका ती जटिलताहरुको न्युनिकरण गर्न सम्बन्धित पक्ष त्यति गम्भिर नदेखिएको अबस्थामा बिशेष गरी बिद्यालयका बालबालिकाहरुमा रहेको अपांगताको किसिम र मात्रा वा उनीहरुको कार्यगत सिमितताको पहिचान गरी उनीहरुको आबश्यकता सम्बोधन गर्ने र बिद्यालयलाई अपांगता मैत्री बनाउनुपर्ने कुरामा जोड दिए ।


तालिमको सहजीकरण बिषय बिज्ञ रामलाल धामीले गरिहनु भएको छ भने औपचारिक कार्यक्रमको सञ्चालन समाज परिचालन अधिकृत जनक रामथारुले गरेका थिए ।

कार्यक्रममा नागरिक समाज संजालका अध्यक्ष प्रमिशा थारुको पनि उपस्थिती रहेको छ । औपचारिक शत्रमा राजापुर नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रिता कुमारी थारुको पनि उपस्थिती रहेको थियो ।
तालिम ३ दिन सम्म सञ्चालन गरिनेछ ।

तालिममा बिद्यालयका प्रधानाध्यापक, डाटा फोकल शिक्षक र जेन्डर फोकल शिक्षकको उत्साहपुर्ण उपस्थिती रहेको छ । तालिम अबधी भर सहभागीहरुलाई वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमितताको पहिंचालन सम्बन्धी ज्ञान, सिप हाँसिल गरी आ–आफ्नो बिद्यालयको बालबालिकाहरुको कार्यगत सिमितता पहिंचान योजना बनाउँने र सोही अनुसार कार्य गर्न प्रतिबद्ध बनाउने अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मृतक जवानको परिवारलाई सहकर्मीहरुद्वारा आर्थिक सहयोग

५ पुष २०८०, बिहीबार १३:४४
नेपालगञ्ज : बाँकेको मदनचोकमा गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको परिवारलाई बाँकेका प्रहरीहरुले आर्थिक संकलन गरि सहयोग गरेका छन् । गत मंसिर २८ गते पूर्व पश्चिम राजमार्गको बाँके खण्डको मदनचोकमा गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी जवान बिशाल वलीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बाँके र त्यस मातहतका कार्यालयमा […]