सदरलाइनडटकम
४ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा आफुलाई शशक्त रुपमा प्रस्तुत गर्दै समावेशी प्यानलले सामुहिक रुपमा मतदातासँग छलफल गरेको छ ।
शनिबार बिहान बसपार्कका व्यवसायीहरुसँग आगामी निर्वाचनको बारेमा उम्मेदवारहरुले छलफल गरेको निर्वाचन सचिवालयले जनाएको छ । दिउँसो नै अध्यक्षका उम्मेदवार नन्दलाल बैश्यको नेत्तृवमा गएको उम्मेदवार सहितको टोलिले खजुरा क्षेत्रका व्यवसायीसँग पनि सामुहिक छलफल गरेको बाणिज्य तर्फका उपाध्यक्षका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।
‘समावेशी प्यानलले उठाएका व्यवसायहरुका मुद्वाहरुलाई उहाँहरुले मन पराउनुभएको छ, त्यसैले हामी जितको नजिक छौ’–उनले भने । साँझ त्रिभुवन चोकका व्यवसायीहरुसँग पनि टोलीले भेटघाट गरेको थियो ।
समावेशी प्यानललको टोली व्यवासायीहरुसँग पुग्दा उनीहरुले भव्य स्वागत समेत गरेका थिए । समावेशी प्यानलले अध्यक्षमा नन्दलाल बैश्यलाई उठाएको छ भने उद्योग तर्फ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) र बाणिज्य तर्फ उपाध्यक्ष दुर्गा प्रसाद भण्डारीलाई अगाडी सारेको छ । प्यानलका सदस्यहरुमा तारा खत्री रोकाय, आदेशकुमार अग्रवाल, श्याम सुन्दर अधिकारी, अहमद वाहिद अन्सारी (बब्लु), बिजय भण्डारी (बासु), अजय टण्डन, निरज गौतम, चिरन्जीवी ओली, हरीलाल न्यौपाने, अभय कुमार बस्नेत, टंक बहादुर धामी र राजेश कुमार बैश्य रहेका छन् ।