कोहलपुर प्रहरी द्वारा १३ बर्षे बालकको उद्धार

सदरलाइन संवाददाता ८ मंसिर २०७९, बिहीबार १२:५१
 

नेपालगञ्ज : ईलाका प्रहरी कार्यालयले १३ बर्षे बलकको उद्धार गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. १ का १३ बर्षे बालकको प्रहरीले उद्धार गरेको हो ।

गत कात्तित १६ गतेबाट हराएका बालकको प्रहरीले २३ दिन पछि भारतिय नाका रूपईडिहाबाट प्रहरीले उद्धार गरेको हो ।

सामाजिक संजाल फेसबुक बाट अपरिचित परिवर्तन नाम नमुना भट्टराई ,लुरे डन नाम बाट रूकुम पश्चिम चौरजहारी जिल्ला का जितुलाल शर्माले १३ वर्षे नाम परिवर्तन रोहितलाई ललाई फकाई गरि २३ दिन सम्म बन्धक बनाएको प्रहरि अनुसन्धान बाट खुलेको छ ।


शर्माले २३ दिनसम्म भारतको चन्डीगड, हरिद्वार शिम्ला, छत्री हुँदै भारतको रूपईडिहामा छोडेको बताईएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्लले पछिल्लो समय सामाजिक संजाल फेक आईडि बाट फिसिङ (ट्रयापिङ) गरी शारीरिक सम्बन्ध समेत राखेको प्रहरी अनुसन्धान बाट खुलेको मल्लले जानकारी गराए ।

मल्लले अपराधिको खोजि जारी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र नं. ३ (ख) मा काँग्रेसका कुर्मी निर्वाचित

८ मंसिर २०७९, बिहीबार १२:५१
नेपालगञ्ज : बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत पर्ने प्रदेश सभा–३ (ख) मा नेपाली काँग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् । काँग्रेस नेता कुर्मी २ हजार ४ सय ८३ मतको अन्तरले निर्वाचित भएका हुन् । कुर्मीले १३ हजार ४ सय ३३ मत प्राप्त गरे, भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका […]