२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

खजुराका विद्यालय आइतवारबाट सञ्चालन हुने



खजुरा (बाँके) : खजुरा गाउँपालिकाका विद्यालय आइतवारदेखि सुचारु हुने भएका छन् । कोभिडका कारण लामो समय बन्द रहेका विद्यालय आइतवारदेखि संचालन गर्न खजुरा गाउँपालिकाले अनुमति दिएपछि बन्द विद्यालय सुचारु हुने भएका हुन् ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) ले स्मार्ट लकडाउनको पालना हुने गरि स्थानीय तहले विद्यालय संचालनको अनुमति दिन सक्ने निर्णय गरे लगतै खजुरा गाउँपालिकाले सूचना जारी गरि आइतवारदेखि विद्यालय सञ्चालनका लागि विद्यालयलाई परिपत्र गरेको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले बताए ।

उनले कोभिड–१९ को जोखिम विश्लेषणको आधारमा विद्यालय संचालन गर्न सकिने देखिएकोले गाउँपालिका भित्र रहेका विद्यालयलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरि विद्यालय संचालन गर्न अनुमति दिइएको बताए ।

कक्षा कोठामा एक साथ विद्यार्थी राख्दा स्वास्थ्य मापदण्ड पालना नहुने भएकोले सिफ्ट प्रणालीको आधारमा कक्षा सञ्चालन गर्न अनुमति दिइएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ भदौ १८ गते शुक्रबार
ताजा समाचार