भेरी अस्पतालका स्वास्थ्यकर्मीको उच्च प्रशंसा

सदरलाइन संवाददाता १२ श्रावण २०७८, मंगलवार १५:५१
 

नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन श्रेष्ठले कोभिड महामारीमा भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन् ।

भेरी अस्पतालको १३१ औं स्थापना दिवसका अवसरमा मंगलवार अस्पतालमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले कोभिड महामारीमा आफ्नो ज्यानको प्रवाह नगरि अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङस्टाफप्रति उनले उच्च सम्मान प्रकट गरे । उनले अस्पताल विकास समितिलाई भर्ति केन्द्र नबनाउन आग्रह गरे ।

‘देशभरका अस्पतालमा विकास समितिले भर्ति केन्द्र बनाउन थालेका छन् उनले भने–‘यसलाई तत्काल रोक्नु पर्छ ।’ उनले विकास समितिका कर्मचारीहरुलाई छिट्टै नीतिगत पहल गरेर बढुवा र स्थायीको व्यवस्थापनको तयारीमा मन्त्रालय रहेको जानकारी दिए । उनले भेरी अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्न आफु सकारात्मक रहेको भन्दै यसमा राजनीतिक दलको सहमति जरुरी रहेको बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाले कोभिड महामारीमा भेरी अस्पतालले उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा पनि महामारीसँग जुध्न यस्तै खाले समन्वय र सहकार्यमा जोड दिए ।


यस्तै प्रदेश सांसद आइपी खरेलले अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय र बिरामीमैत्री बनाउन सुझाव दिए । कार्यक्रममा एमाले नेता सुर्य ढकाल, काँग्रेस नेता कपिल शर्मा, अस्पताल विकास समितिका पूर्व अध्यक्ष वेदप्रसाद आचार्य, पूर्व मेसु डा श्यामसुन्दर यादवलगायतले बोलेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेसु डा. प्रकाश थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अस्पतालमा २५ वर्षदेखि कार्यरत कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

त्यसैगरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरष्कृत समेत गरिएको थियो । दिवसको अवसरमा प्रकाशसन गरिएको स्मारिका अक्सिजनको समेत विमोचन गरिएको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एलेक्सजेण्डरले बनाए राष्ट्रिय कीर्तिमान

१२ श्रावण २०७८, मंगलवार १५:५१
एजेन्सी : टोकियो ओलम्पिक अन्तर्गत नेपालका पौडी खेलाडी एलेक्सजेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् । सय मिटर फ्रिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३।४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान यसअघि उनकै नाममा थियो । नेपालमा भएको १३औं सागमा उनले ५४–१३ सेकेन्डको कीर्तिमान […]