लोकल बस, म्याजिक आन्दोलित

सदरलाइन संवाददाता ३१ असार २०७९, शुक्रबार १५:२०
 

नेपालगञ्ज : कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने यात्रुवाहक लोकल बस, म्याजिकले आन्दोलनमा उत्रिएका छन् । उनीहरुले माइक्रोबस र म्याजिक ल्याएर नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडि शुक्रवार विहान साढे दुई घण्टासम्म सडकमा तेस्र्याए ।

नेपालगञ्जमा आधुनिक बसपार्क बनेपछि सबै बसहरु त्यहीबाट छुट्ने र एकपटक सबै त्यहाँ पुग्नै पर्ने नियम बनाइएको थियो । नेपालगञ्ज–कोहलपुर चल्ने लोकल सवारी साधनलाई पनि एकपटक बसपार्कमा पुग्नु पर्ने र ५० रुपैया दिनु पर्ने नियम बनाइएको थियो ।


यही नियमको विरुद्धमा लोकल बस सञ्चालकले आन्दोलित भएका हुन् । नेपालगन्ज–कोहलपुर चल्ने माइक्रो बस र म्याजिक बसपार्क जान अपायक पर्ने र दैनिक ५० रुपैया तिर्नुपर्ने नियम उचित नभएको सञ्चालकहरुको भनाइ छ । बसपार्क नजाने र ५० रुपैयाँ नतिर्ने भन्दै बस सञ्चालकले आन्दोलित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा चोरी मुद्दामा फरार प्रतीबादी पक्राउ

३१ असार २०७९, शुक्रबार १५:२०
बर्दिया : नकबजनी चोरी मुद्दामा फरार एक जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, बर्दियाको बढैयाताल गाउँपालिका ४ बस्ने बबि ददेल रहेका छन् । ददेलमाथि बाँके जिल्ला अदालतको २०७७ असार १० गतेको फैसला आदेशले नकबजनी चोरी मुद्दामा ३ महिना ६ दिन कैद र ३ हजार ६०० रुपैयाँ जरिवाना […]