छुटेका विद्यार्थीलाई कोहलपुरमा मंगलवार खोप लगाईने

सदरलाइन संवाददाता १४ भाद्र २०७८, सोमबार १४:२०
 

कोहलपुर (बाँके) : कोरोना भाईरसको खोप लगाउन छुटेका विद्यार्थीहरुलाई कोहलपुरमा मंगलवार पुनः खोप लगाईने भएको छ । कक्षा १२ को परिक्षा दिने तयारीमा रहेका विद्याथीहरुले यसअघि दुई चरणमा खोप लगाईएको थियो ।

उक्त अभियानमा छुटेका १८ वर्षमाथिका विद्यार्थीहरुलाई मंगलवार पुनः खोप लगाउने तयारी गरीएको कोहलपुर नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।


सूचना जारी गर्दै नगर स्वास्थ्य शाखाले मंगलवार बिहान १० बजेदेखि ४ बजेसम्म कोहलपुर १० स्थित डाईनामिक माविमा खोप अभियान सञ्चालन गर्न लागेको जनाएको हो । कक्षा १२ को परिक्षाको तयारीम रहेका विद्यार्थीहरुले प्रवेश पत्रको आधारमा सहजै खोप लगाउन सक्नेछन् ।

उक्त खोप केन्द्रमा विद्यार्थीका अलावा नगरक्षेत्रभित्र ईन्टरनेट सेवा प्रदायक कार्यालयका कर्मचारीहरु, दुग्धविकास संस्थानका कर्मचारीहरु, सुनचाँदी ब्यवसायीका साथै खोपको प्राथमिकतामा रहेर पनि छुटेका समुहका ब्यक्तिहरुलाई खोप लगाईने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकामा फेरि फैलियो कोरोना : बालबालिका बढी संक्रमित

१४ भाद्र २०७८, सोमबार १४:२०
काठमाण्डौ : अमेरिकामा फेरि कोरोना फैलिएको छ । दुई महिनादेखि १२ वर्ष उमेरसम्मका बालबालिका कोरोनाबाट थलिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । एक साताभित्र ३४ राज्यका एक लाख ८० हजार बालबालिका संक्रमित भएको बताइएको छ । चिकित्सकले अमेरिकामा कोरोना भाइरस फेरि एकपटक तीव्र रूपमा फैलिरहेको जनाएका छन् । यसपटक कोरोनाको असर […]