रेडियो कार्यक्रम उत्पादन तालिम सम्पन्न

११ असार २०७६, बुधबार १८:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : रेडियो रुबरु एफएमले आयोजना गरेको रेडियो कार्यक्रम उत्पादन तालिम बुधवार नेपालजञ्जमा सम्पन्न भएको छ । एन्टेना फाउण्डेशनको सहकार्यमा रेडियो रुबरु एफएमले आयोजना गरेको तालिममा रेडियोमा कार्यरत सञ्चारकर्मीहरुलाई तीन दिने रेडियो कार्यक्रम उत्पादन, प्राविधिक ज्ञान र रेडियो व्यवस्थापन सम्बन्धि तालिम दिएको हो ।
तालिमको चौथो दिन समापन कार्यक्रममा एन्टेना फाउन्डेशनले रेडियो उपकरणसमेत हस्तान्त्रण गरेको छ । मिक्सर, माइक्रोफोन, रेकर्डर र टेलिफोन हाईब्रिडलगायतका उपकरण हस्तान्त्रण गरिएको हो । रुबरु सञ्चार केन्द्रका अध्यक्ष मो. हारुन कादरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले नेपालगञ्जमा रहेको सबै मिडियाहरुसंग सहकार्य गरेर अझ राम्रो र फास्ट मिडिया बनाउने आफ्नो लक्ष्य रहेको सुनाए ।
कार्यक्रममा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका गुरु मौलाना अब्दुल जब्बार मंजरी, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, उद्योग वाणिज्य संघका सदस्य अब्दुल वाहिद अन्सारी (बब्लु) र एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाँईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
बोल्न नजानेको व्यक्तिलाई एफएममा बोल्न प्रोत्साहित गर्ने गरिएको बताउँदै रुबरु सञ्चार केन्द्रका अध्यक्ष कादरीले वास्तविक समुदायकै आवाज बन्न प्रयासरत रहेको बताए ।

Next Post

महिला टी ट्वान्टीको उपाधि एपीएफको पोल्टामा

११ असार २०७६, बुधबार १८:५३
सदरलाइनडटकम, कञ्चनपुर : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जीतेको छ । महेन्द्रनगरमा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जीतेको हो । महेन्द्रनगरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाउँदै ७१ रन बनायो । उसका लागि दुई खेलाडीले मात्र […]