टमाटर विक्रि नभएपछि खजुराका किसानले खेतमै फाले

सदरलाइन संवाददाता १३ बैशाख २०८०, बुधबार १५:२६
 

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका क्षेत्रका टमाटर खेती गर्ने किसानले आफु उत्पादन गरेको टमाटर विक्रि नभएपछि पाकेको टमाटर मलको रुपमा खेतबारीमा फालेका छन् ।

किसानले उत्पादनको गरेको टमाटर प्रतिकेजी ५ रुपैयाँमा समेत विक्रि नभएपछि टमाटर खेतमा फाल्न बाध्यभएको अगुवा कृषक लालबहादु खत्रीको भनाइ छ । बोटबाट टिपेको २ सय क्यारेट बुधवार बारिमा फालेको र अझै १ हजार भन्दा बढी टमाटर बोटमै कुहिएको उनले जानकारी दिए ।

आफ्नो लगानी नै नउठेकोमा गुनासो गर्दै उनले मत खत्तमै भएँ के गर्ने सबै खेती नास भएर जाने भयो भन्दै गुनासो गरे । टिपेको टमाटर घरभरी कुहिएर गन्हाउन थालेपछि बाध्य भएर मलखादमा टमाटर फाल्नु परेको उनले जानकारी दिए ।


कृषक खत्रीका अनुसार यस भन्दा पहिला पनि आफु उत्पादन गरेको टमाटर विक्रि नभएपछि सामाजिक सञ्जाल फेसबुकमा समेत स्थानीय सरकारले किसानको उत्पादनमा कुनै चासो नदिएको भन्दै दुःख प्रकट गरे । उनका अनुसार छिमेकी मुलुक भारतबाट ल्याएको टमाटरले गर्दा नेपाली कृषकले उत्पादन गरेको टमाटर व्यापारीले खरिद नगरेको दुःखेसो पोखे ।

खजुराक्षेत्रमा विशेषगरी वडा नं. २ का केही अगुवा कृषकले आयआर्जनका लागि लगाएको तरकारी खेतीले उचित मुल्य नपाएको र त्यसको राहत सहयोगमा समेत स्थानीय सरकारले चासो नदिएको उनले गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा सिकलसेलका १२१ जना थप बिरामी फेला

१३ बैशाख २०८०, बुधबार १५:२६
कैलाली : कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको […]