नेपालगञ्जको क्वारेन्टाइन र आइसोलेशनमा रेडक्रसको हाइजिन किट

७ श्रावण २०७७, बुधबार १८:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाईन र आईशोलेशन सेन्टरमा बस्दै आएकाहरुलाई हाईजिन किट वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगञ्ज उपमहानगरपालिकासंग समन्वय गरी नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइन र औद्योगिक विकास निगमको भवनमा संचालन भैरहेको आइसोलोसन केन्द्रमा रहेका २९ जना व्यक्तिहरुलाई ब्यक्तिगत सुरक्षा र सरसफाई सामग्री हाइजिन किट वितरण गरिएको हो ।

जिआईजेड नेपालको सहजीकरणमा नेपाल स्थित जर्मन दुतावाससँगको साझेदारीमा संचालन भैरहेको कोभिड–१९ प्रतिकार्य कार्यक्रमको सहयोगमा रेडक्रस बाँकेद्वारा सो किट वितरण गरिएको हो ।

बहुमुखी क्याम्पस नेपालगंजको क्वारेन्टाइनमा रहेका २ जना महिला सहित १५ जना र जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिद्वारा औद्योगिक विकास निगममा संचालित आइसोलेशन केन्द्रमा रहेको १४ जना गरी जम्मा २९ जनालाई हाइजिन किट वितरण गरिएको थियो ।


वितरण गरिएको सामग्रीमा तौलिया १, पानी पिउने बोतल १ सेनिटाइजर १ बोतल, नुहाउने साबुन १, कपडा धुने साबुन १, हातधुने जेल साबुन १, ग्लोबस १४, मास्क १४, कपडा सुकाउने डोरी १, सरफ ५सयग्राम, झुल १, नङकटर १, काईयो १, सिट्ठी १, दन्त मञ्जन÷ब्रस १÷१ र प्याकिङ्ग व्याग रहेको छ । साथै महिलको लागि २÷२ प्याकेट स्यानीटरी प्याड र पेन्टी समेत रहेको छ ।

कोभिड १९ महामारीको कारण क्वारेन्टाइनमा बस्नुपर्ने र आइसोलेशन केन्द्रमा आउने १ हजार जनासम्म ब्यक्तिहरुलाई सो सामग्री वितरण गरिने रेडक्रस बाँकेले जनाएको छ ।

सो अवसरमा नेपालगञ्ंज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, नेरेसो बाँके जिल्ला शाखाका सभापति गोवर्धन सिंह सम्झना, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, बरिष्ठ जिल्ला शाखा अधिकृत दोेलखबहादुर डाँगी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनखर, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, महिला बालबालिका शाखा प्रमुख शोभा शाह लगायतको उपस्थिति रहेको थियो ।

Next Post

बाँकेमा उत्कृष्ठ काम गर्ने तीन प्रहरी पुरस्कृत

७ श्रावण २०७७, बुधबार १८:४४
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके प्रहरीले असार महिनामा उत्कृष्ठ कार्य गर्ने तीन जनालाई पुरस्कृत गरेको छ । यी मध्य एक जना अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन । बाँके प्रहरीका प्रहरी जवान रामसुमा चौधरीलाई उत्कृष्ठ कार्य गरेको भन्दै कदरपत्र सहित अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ […]