नेपालगञ्ज : बाँकेमा पछिल्लो एक वर्षमा साढे एक हजारबढीले अंगीकृत नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा एक हजार ७३ जनाले अंगीकृत नागरिकता पाएका हुन् ।
तीमध्ये दुई जनाबाहेक सबैले वैवाहिक अंगीकृत नागरिकता पाएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । गतवर्ष कुल आठ हजार एक सय पाँच जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् ।
यस्तै प्रशासनले गत आर्थिक वर्षमा पाँच हजार ३ सय १५ जनालाई नारिकताका प्रतिलिपि वितरण गरेको छ भने दुई हजार सात सय ८० राहदानी सिफारिस गरेको छ । राष्ट्रिय परिचय पत्रका लागि ६ हजार ३७ फारम संकलन गरिएको छ ।