बाँकेमा निर्वाचनको तयारी सकियो

२० मंसिर २०७४, बुधबार १२:३५
 

सदरलाइनडटकम 
२० मंसिर, नेपालगन्ज : बाँकेमा भोली मंसिर २१ गतो हुने निर्वाचनको तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ । बाँकेमा ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री सहित प्रत्येक मतदान केन्द्रमा पुगेर केन्द्रमा आवश्यक तयारी समेत गरी सकेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
उनले जिल्लाका १३६ मतदान स्थलका ३२६ मतदान केन्द्रमा सबै कर्मचारी खटेर गई सकेको जानकारी दिदै भने–‘सबै कर्मचारी आफुलाई तोकेको स्थानमा पुगी सक्नु भएको छ । कर्मचारी अपुग भएको भन्ने गुनासो आएको छैन् । कर्मचारी मतदान स्थलमा पुगेर परिचयपत्र वितरण, सर्बदलिय बैठक गरी भोलि विहान हुने मतदानको माहोल बनाउनको लागि तयारी अवस्थामा हुनुहुन्छ ।’
यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले ५ दिनभित्र प्रत्यक्ष र समानुपातिकको मतगणना सक्ने गरी तयारी  भएको  जनाएको छ ।  बाँकेका  मुख्य निर्वाचन अधिकृत सुवेदीले प्रत्यक्ष र समानुपातिकको मतगणना ५ दिनभित्र सक्ने गरी योजना बनाइएको जानकारी दिए ।
बाँकेमा स्थानीय तहको मतगणनामा ढिलाई भएको कारणबाट पाठ सिक्दै यसपटक मतपत्रमा उम्मेदवारको चुनाव चिन्ह कम भएका कारण गणनामा सहज हुने अपेक्षा गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सकेसम्म मंसिर २१ गते राति नै अन्य प्रक्रिया पु¥याएर मत गणनाको सुरुवात गर्ने तयारी गरेको छ । राति १०/११ बजेसम्म मतपेटिका गणनास्थलमा पु¥याउन सके तत्कालै मतगणना सुरु गर्ने आयोगको तयारी रहेको छ । ढिलो गरी मतपेटिका पुगेमा मंसिर २२ गते बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Next Post

बाँकेमा मतदाता परिचय पत्र लिन आउनेको संख्या न्यून

२० मंसिर २०७४, बुधबार १२:३५
सदरलाइनडटकम २० मंसिर, नेपालगन्ज : मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइए पनि बाँकेका अधिकांश ठाँउमा मतदाताहरु परिचय पत्र लिन नगएको पाइएको छ । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगन्जले बुधबार डुडुवा गाँउपालिका अन्तरगतका वडाहरु र नेपालगन्ज […]