साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सार्वजनिक सुनवाई

५ आश्विन २०७३, बुधबार १३:४२
 

सदरलाइनडटकम  14409080_802888649851109_959153646_n (1)
५ असोज नेपालगन्ज : साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (आरटिएसएमएफपि) को आर्थिक अनुदानको सहयोग तथा नमस्ते कृषक समूह हिरमिनिया बाँकेद्वारा सञ्चालित व्यावसायिक तरकारी खेतीका लागि फार्म विकास उपआयोजनको पहिलो सार्वजनिक सुनवाईको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको छ ।
नमस्ते कृषक समूहका अध्यक्ष रोहित खटिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका लेखा व्यवस्थापक सुमित रानाले फार्म विकास उपआयोजनाले कुल लागत ४० लाख ८४ हजारको आयव्यय प्रस्तुत गरेका थिए । आयोजनाबाट प्राप्त अनुदान रकम १८ लाख २५ हजार ८ सय चालिस र आफ्नो श्रोतबाट व्यहोर्ने रकम २२ लाख ५८ हजार एक सय साठी रकम सार्वजनिक सुनवाईमा प्रस्तुत भएको हो ।
जिल्ला कृषि विकास कार्यालयको फोकलपर्सन वशिर अहमद खाँको प्रमुख आतिथ्यमा तथा नमूना कृषि सेवा केन्द्र निर्मल रेग्मी, वागमती उपककेन्द्र प्रमुख चर्तुभुजी चौधरी, ईलाका प्रहरी कार्यालय हिरमिनिया बाँके ईन्चार्ज प्रनानि बमबहादुर खड्का, एनएनजिओ (आरआईएसएमएफपि)का दिपलाल चौधरी, आरएनजिओ (आरआईएसएमएफपि) का रतनबहादुर बुढा , डिएनजिओ (आरआइएसएमएफपि) उपेन्द्र बिक्रम कटुवाल र कृषि जेटिए रामचन्द्र बानिया लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शैक्षिक सामाग्री निमार्ण तथा प्रयोगबारे शिक्षकहरुको घुम्ती बैठक सम्पन्न

५ आश्विन २०७३, बुधबार १३:४२
सदरलाइनडटकम ५ असोज, नेपालगन्ज :  नेपालगन्ज उप–महानगरपालिका अन्तर्गतका विद्यालयहरुमा शिक्षण सिकाईको अभ्यासलाई प्रभावकारी बनाउन कक्षा १ का शिक्षकहरुको पाठ्यक्रममा आधारित शैक्षिक सामग्रीहरु निमार्ण तथा प्रयोग बारे छलफलका लागि घुम्ती बैठकको आयोजना गरिएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्ला शिक्षा कार्यालय बाँकेसँगको सहकार्यमा संचालन गरिरहेको सहयात्रा परियोजना […]

सम्बन्धित