बुधबार नेकपा बाँकेको चियापान सबैलाई निम्तो

१८ कार्तिक २०७५, आईतवार १६:३८
 

सदरलाइनडटकम 
नेपालगञ्ज  : विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाहरुले सबै पर्वहरुको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिरहेका छन् ।
यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाँकेले कात्र्तिक २१ गते पासाङ्गल्हामु रोडमा रहेको पार्टी कार्यालयमा बृहद शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । यस अघि नेपाली काँग्रेस बाँकेले गत शनिबार आफ्नै कार्यालयमा आयोजना गरि सकेको छ ।
बिजया दशमी, दिपावली, नेपाल सम्बद मोहमद डे, क्रिसमस लगायत पर्वको अवसरमा उक्त शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको नेकपा बाँकेका नेता अशोक कोइरालाले जानकारी दिए ।
उनले सो कार्यक्रममा नेकपा प्रदेश नम्बर ५ का इन्चार्ज एजं मुख्यमन्त्री शंकर पोख्रेल, नेकपा प्रदेश ५ की अध्यक्ष ओनसरी घर्ती लगायतको नेता उपस्थिती रहने जानकारी दिएका छन् ।
नेकपा बाँकेका नेता अकलबहादुर बमले शुभकामना आदानप्रदान कार्यक्रमको तयारी भब्यरुपमा भईरहेको जानकारी दिए । सम्पूर्ण नेता कार्यकर्ता, शुभचिन्तक, आमनगरिक, पत्रकार, उद्योगी, व्यवसायी, कानुन व्यवसायी सबैलाई निम्तो गरिएको उनले बताए ।

Next Post

ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु, आठ घाइते

१८ कार्तिक २०७५, आईतवार १६:३८
सदरलाइनडटकम, कञ्चनपुर : मलामी चढेको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ भने ८ घाईते भएका छन् । से १ त ५४२२ नम्बर ट्याक्टर आइतवार भीमदत्त नगरपालिकाको भाँसीमा दुर्घटना हुँदा बेदकोट नगरपालिका ४ बैतोडाका ३२ वर्षीय प्रेम धामी र ३३ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो । दुर्घटनामा ८ […]

सम्बन्धित