कोहलपुरको जंगलमा एक बालकको शव फेला, एक पक्राउ

सदरलाइन संवाददाता १ भाद्र २०७९, बुधबार १४:००
 

कोहलपुर (बाँके) : कोहलपुरको जंगलमा एक बालकको शव फेला परेको छ । कोहलपुर वडा नम्बर ७ स्थित आरती जंगलमा एक बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कोहलपुर वडा नम्बर १४ बस्ने अन्दाजी १५ वर्षीय बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले बताए । मृतक बालकलाई भाटा तथा लठिले हानेर मारेको जस्तो घाउहरु देखिएको प्रहरिको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।


साथै अनुसन्धानकै क्रममा शंकास्पद एक ब्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानबाट बाघ नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज ल्याइयो

१ भाद्र २०७९, बुधबार १४:००
नेपालगञ्ज : सल्यानको कालीमाटी गाउँपालिका–७ बाट बाघ नियन्त्रणमा लिइएको छ । प्रहरी, नेपाली सेना र डिभिजन वन कार्यालयको टोलीले बुधबार बिहान पाटेबाघ नियन्त्रणमा लिएको हो । कालीमाटी–७ बाटुले गाउँका तुल्सी कुमारी घर्तीको गोठमा बाँधेका गोरु बाघले मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान ६ बजेतिर उक्त बाघले गोठमा बाँधेका […]