आइतवार देशभरी रक्षाबन्धन, जनै पूर्णिमा पर्व मनाइँदै

सदरलाइन संवाददाता ६ भाद्र २०७८, आईतवार १६:२०
 

नेपालगञ्ज : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आइतवार देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै यज्ञोपवीत फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।


यसैबिच आज जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको बीच सडकमै मेला

६ भाद्र २०७८, आईतवार १६:२०
नेपालगञ्ज : चाडपर्वका बेला नेपालगन्जको त्रिबेणी मोडदेखि त्रीभुवन चोकसम्मको मुल सडकमै मेला राख्ने अचम्मको परम्परा छ । दसैं, तिहार, रक्षाबन्धन, होली लगायतका पर्वका अवसरमा प्रसाद, मिठाई, भूजा, चिउरा र फलफूल बिक्री गर्न ठेलामा मेला लगाईन्छ । अनौठो के भने बीच सडकमा मेला लाग्दा नेपालगञ्ज उपमहानगरपालिका बोल्दैन । उल्टो सडकमै मेला […]