सिरिया र टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प, २३० भन्दा बढीको मृत्यु

सदरलाइन संवाददाता २३ माघ २०७९, सोमबार १३:३८
 

काठमाण्डौ : दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको छ ।


भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि एक स्थानीय अस्पतालले एएफपीसँगको कुराकानीमा सिरियाली टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा पनि महसुस गरिएको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङको तुलसीपुरमा नवजात शिशुको शव फेला

२३ माघ २०७९, सोमबार १३:३८
दाङ : दाङ तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो । स्थानीय महिलाले दाउरा खोज्न जङ्गल गएको समयमा नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । […]

सम्बन्धित