युवा महिला व्यवसायीलाई लेखा व्यवस्थापन तालिम

सदरलाइन संवाददाता २७ श्रावण २०८०, शनिबार १५:१०
 

नेपालगञ्ज : बर्दियाको ठाकुरबाबामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुका लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम ठाकुरबाबा नगरपालिकामा शुरु भएको छ ।

सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजनाद्धारा आयोजना गरिएको हो ।

उक्त तालिमको मुख्य उद्देश्य युवा महिलाहरुको व्यवसायिक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारहरुको खाता सञ्चालन तथा लेखापालान गर्न सक्षम बनाउनु रहेको जनाईएको छ ।


सोही पकारले व्यवसायको व्यवसायिक योजनाको पुनराओलकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु तालिमको उद्देश्य रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिए ।

उनले सो तालिमको सहजकर्ता राजबहादुर चौधरी रहको बताए । सोही प्रकारको तालिम केही दिन पहिले बर्दियाको गुलरियामा पनि आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल सुधार गृह बालकहरुका लागि काल कोठरी

२७ श्रावण २०८०, शनिबार १५:१०
नेपालगञ्ज : लुम्बिनी प्रदेशको भैरहवामा रहेको बालसुधार गृह मापदण्ड अनुसार सञ्चालन नभएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले बालसुधार गृहमा बालकहरु आधारभुत बालअधिकार उपभोगको अवस्था नाजुक रहेको पाईएको बताएका छन् । ५० जना क्षमता भएको बाल सुधार गृहमा हाल लुम्बिनी र गण्डकी प्रदेशका ११ जिल्लाका ७६ जना बालकहरु बस्दै आएको उल्लेख […]

सम्बन्धित