सृजना सहकारीको साधारण सभा सम्पन्न

सदरलाइन संवाददाता २९ पुष २०८०, आईतवार १५:२३
 

कोहलपुर (बाँके) : बाकेको कोहलपुरमा रहेको सृजना सहकारी सस्था लिमिटेको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष केशबराज पोखे्रलले बार्षिक प्रर्गति प्रतिबेदन प्रस्तुत गरेका थिए । शूरुका दिनमा १५ लिटर दुधको कारोबारबाट शुरु भएको यो सहकारी सस्थाले अहिले दैनिक २२ हजार लिटर दुधको कारोबार गर्दै आएको प्रर्गति प्रतिबेदनमा उल्लेख गरिएको छ ।

सृजना सहकारी सस्था बहुउद्देश्यीय प्रकृतिको सस्था भएकोले आगामी दिनमा सोही प्रकृति अनुसार कारोबार गर्ने प्रतिबेदनमा उल्लेख गरिएको छ । १६७० जना शेयर सदस्यहरु आबद्ध रहेका छन भने ३४७ जनालाई क्रृण लगानी गरेर रोजगार उपलब्ध गराएको छ त्यस्तै सहकारी तर्फ १० जनालाई प्रत्यक्ष रोजगारी दिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।


सृजना सहकारी सस्था लिमिटेडको चुक्ता शेयर पुंजी १ करोड २७लाख रहेको छ भने निक्षेप २ करोड ४१ लाख रहेको छ त्यसै गरि यस सहकारीले ७ करोड ११ लाख कर्जा लगानी गर्न सफल भएको छ ।

२४ औ वार्षिक साधारण सभाले दशरथ पराजुलीलाई अध्यक्षमा सर्बसहमतबाट निर्बाचित गरेको छ भने उपाध्यक्षमा मिना आर्चाय, सदस्यमा सुमन पौडेल, लिलारमा भट्टराई, हिरालाल वली, दिप प्रसाद अधिकारी, रुपा कार्की, बाबुराम गिरी, मोहा भण्डारी गरि १० सदस्य रहेका छन् भने लेखा समितिको संयोजनकमा कृष्ण प्रसाद भुगाई, सदस्यमा कोपिला तिबारी, अस्मिता पौडेल निर्बाचित भएको सस्थालका ब्यवस्थापक चन्द्रलाल तिबारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राष्ट्रिय निकुञ्जले पर्यटक भित्र्याउन सकेन

२९ पुष २०८०, आईतवार १५:२३
नेपालगञ्ज : स्थापनाको लामो समय बित्दा समेत बाँके राष्ट्रिय निकुञ्जले पर्यटक भित्र्याउन सकेको छैन । हालसम्म आन्तरिक पूर्वाधार निर्माण मात्रै ध्यान दिइरहेको निकुञ्ज प्रशासनले अब भने पर्यटक बढाउने ‘रोडम्याप’ अनुसार अघि बढ्ने भएको छ । निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाह भन्छन्,–‘बाँके निकुञ्जमा पर्यटकलाई जाउँ जाउँ लाग्ने बनाउँदै छौं ।’ […]