नेपालगञ्जको बीच सडकमै मेला

सदरलाइन संवाददाता ६ भाद्र २०७८, आईतवार १६:३९
 

नेपालगञ्ज : चाडपर्वका बेला नेपालगन्जको त्रिबेणी मोडदेखि त्रीभुवन चोकसम्मको मुल सडकमै मेला राख्ने अचम्मको परम्परा छ ।

दसैं, तिहार, रक्षाबन्धन, होली लगायतका पर्वका अवसरमा प्रसाद, मिठाई, भूजा, चिउरा र फलफूल बिक्री गर्न ठेलामा मेला लगाईन्छ । अनौठो के भने बीच सडकमा मेला लाग्दा नेपालगञ्ज उपमहानगरपालिका बोल्दैन ।


उल्टो सडकमै मेला लगाउनका लागि एक दिनको ४ सयदेखि ५ सयसम्म कर लिने गरेको छ । सयौँ वर्षको परम्परा रहेको भन्दै नगरपालिका मौन बस्ने गरेको हो । बीच सडकमा मेला लाग्दा आउजाउमा समस्या हुने गरेको छ ।

हिँड्न पनि समस्या हुने स्थानीयको गुनासो छ । ट्फिक व्यवस्थापनका लागि प्रहरीले चार पांग्रे सवारी साधन प्रबेशमा रोक लगाए पनि भिडभाड उस्तै हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भिडभाड नगरी चाडपर्व मनाउन सरकारको आग्रह

६ भाद्र २०७८, आईतवार १६:३९
काठमाण्डौ : गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न […]