बर्दियामा प्लान साझेदार संस्थाद्वारा समिक्षा तथा भावी कार्यक्रम बारे जानकारी

सदरलाइन संवाददाता १ भाद्र २०७८, मंगलवार १४:४७
 


राजापुर (बर्दिया)  : बर्दियालाई कार्य क्षेत्र बनाएका प्लान साझेदार संस्थाहरुद्वारा सञ्चालित कार्यक्रमको समीक्षासंगै भावी कार्यक्रमबारे जानकारी गराईएको छ ।

बर्दियाकोे राजापुर नगरपालिकामा प्लान इन्टरनेसनल नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने स्याक नेपाल बाँके लगायत विभिन्न साझेदार संस्थाहरुको बार्षिक समिक्षा बैठक तथा आगामी कार्यक्रमबारे जानकारी गराउन आयोजना गरिएको समन्वय बैठक सम्पन्न भएको छ ।

बर्दियामा स्याक नेपाल, बाँके युनेस्को क्लब, गेरुवा, बी ग्रुप, साथी र थारु महिला उत्थान केन्द्र लगायतका साझेदार संस्थाहरुले सञ्चालन गरेको कार्यक्रमको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षमा गरिने कार्यक्रम र बजेटका बारेमा जानकारी गराएका थिए ।

स्याक नेपाल बाकेद्वारा प्लानको सहयोगमा सञ्चालन गरिएको सिकाई परियोजनाको वार्षिक समिक्षा तथा नयाँ आर्थिक वर्षको कार्यक्रम बारे बजेट सहितको विवरण प्रस्तुत गरिएको परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।


सो बैठकमा बोल्दै कार्यक्रम अधिकृत शर्माले सस्थाले बिगत बर्षमा सञ्चालन गरेका कार्यक्रमहरु सफलतापुर्वक समयमै पुरा गर्न राजापुर नगरपालिका शिक्षा शाखाको समन्वय र सहयोगले गर्दा समयमा सम्पन्न गर्न सकिएकोमा आभार व्यक्त गर्दै भविष्यमा पनि कार्यक्रमहरु बढी भन्दा बढी सञ्चालन गरिने बताए ।

बैठकमा राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीले स्याक बाँकेले बिगत बर्षदेखि यस नगरपालिकामा शिक्षाको गुणस्तर बृद्धिका लागि हातोमालो गदै बिभिन्न कार्यक्रम र गतिविधिहरुले गर्दा विद्यालयतहको लैगिंक मैत्री तथा बाल मैत्री शिक्षण सिकाइ हुने बाताबरण सृजना गरेको बताईन ।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, शिक्षा शाखा प्राविधिक सहायक तथा अन्य बिषयगत शाखाका शाखा प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा नयाँ आर्थिक वर्षको कार्यक्रम र बजेट बारे स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत शर्माले प्रस्तुत गरेका थिए ।

सोही प्रकारले प्लान नेपालका अन्य साझेदार संस्थाहरु गेरुवा, बी ग्रुप, बाँके युनेस्को क्लब, साथी र थारु महिला उत्थान केन्द्रका कार्यक्रमहरुको पनि समिक्षाका गर्नुका साथै नयाँ आर्थिक वर्षको कार्यक्रम बारे संस्थाका प्रतिनिधिहरुले विवरण प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार ३६ जनामा कोरोना पुष्टि, ७ डिस्चार्ज

१ भाद्र २०७८, मंगलवार १४:४७
नेपालगञ्ज : बाँकेमा मंगलवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २०६ नमुना परिक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा २३, मेडिकल कलेज कोहलपुरमा ६ र बागेश्वरी प्रयोगशालामा ७ जना गरि थप ३६ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड ब्यबस्थापन […]