भाजपा नेता राजु झाको गोली हानी हत्या

सदरलाइन संवाददाता १९ चैत्र २०७९, आईतवार १२:१४
 

नेपालगञ्ज : भारतका पश्चिम बङ्गाल पूर्वी बर्धमानको शक्तिगढमा शनिबार साँझ भाजपा नेता राजु झाको अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।

भाजपा नेता तथा दुर्गापुरका व्यापारी राजु झा आफ्ना केही सहकर्मीसँग कोलकाता जाँदै गरेको बेलामा गोली प्रहार भएको बीबीसी हिन्दीले जनाएको छ ।

बर्धमानका एसपी कमनसिस सेनले भने, ‘गाडीमा राजु झासहित तीन जना सवार थिए । हत्याको कारण भने खुल्न सकेको छैन । सम्पूर्ण घटनाको गहन अनुसन्धान भइरहेको छ ।’


प्रहरीका अनुसार घटनापछि भाजपा नेतालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनामा घाइते भएका अन्यको उपचार भइरहेको छ ।

वाम मोर्चाको शासनकालमा झामाथि सिलपञ्चलमा अवैध कोइला व्यवसाय सञ्चालन गरेको आरोप लागेको थियो ।

उनी डिसेम्बर २०२१ मा भएको विधानसभा चुनाव अघि भाजपामा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काम गर्न घरमा बोलाएर बलात्कार

१९ चैत्र २०७९, आईतवार १२:१४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का सलमान कवाडियाले घरमा काम गर्न बोलाएर मजदुर महिलालाई बलात्कार गरेको पाइएको छ । ३२ वर्षीया एक महिलालाई कवाडियाले शनिबार अपरान्ह ५ बजे बलात्कार गरेको पीडित पक्षको आरोप छ । मजदुरको एक समूहले आइतबार बिहान कवाडियाको घर घेर्नुका साथै उजुरी दिन जिल्ला प्रहरी […]