बाँकेमा मंगलवार ३६ जनामा कोरोना पुष्टि, ७ डिस्चार्ज

सदरलाइन संवाददाता १ भाद्र २०७८, मंगलवार १५:०६
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २०६ नमुना परिक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा २३, मेडिकल कलेज कोहलपुरमा ६ र बागेश्वरी प्रयोगशालामा ७ जना गरि थप ३६ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए । मंगलवार संक्रमण पुष्टि भएका मध्य बाँकेका ११ जना छन् ।


योसंगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय २२ पुगेको छ । यस्तै मंगलवार ७ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ८९ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १४९ रहेको ओलीले बताउनुभयो । सिकिस्त बिरामीको संख्या २४ छ भने मध्यम बिरामी २५ जना छ्न । ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पौडी खेल्ने क्रममा बाँकेमा एक युवकको मृत्यु

१ भाद्र २०७८, मंगलवार १५:०६
नेपालगञ्ज : बाँकेमा पौडी खेल्ने क्रममा एक जना युवकको मृत्यु भएको छ । डुडुवा गाउँपालिका डलैपुरस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा सोही गाउँपालिका ५ कम्दीका १७ बर्षीय मैथु नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । आइतबार दिउँसो पाँच जना साथीहरुसंगै पौडी खेल्न गएका नेपाली खोलामा बेपत्ता […]