बाँकेमा बुधवार २ संक्रमित थपिए

सदरलाइन संवाददाता १५ भाद्र २०७९, बुधबार १४:२३
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जमुनाहा हेल्थ डेस्कमा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये दुबै जना बाँकेका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३४६ पुगेको छ । यस्तै बुधवार थप २ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९६४ पुगेको छ ।


अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २९ जना रहेको वलीले बताए । एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने २८ जना होमआइसोलेशनमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

१५ भाद्र २०७९, बुधबार १४:२३
नेपालगञ्ज : न्यायपरिषद बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए । अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषदले उनलाई सर्वोच्च […]