उच्च अदालत तुलसीपुर नेपालगञ्ज ईजलासमा सिमित जनशक्ति हुँदा लक्ष पुरा गर्नै कठिन

रुद्र सुवेदी २९ श्रावण २०७८, शुक्रबार ११:५८
 


नेपालगञ्ज  : उच्च अदालत तुलसीपुर नेपालगञ्ज ईजलासले सिमित जनशक्ति तथा कोरोना संक्रमणको कारण पनि तोकिएको लक्ष अनुसारको कार्य सम्पादनमा प्रभावित भएको जनाएको छ ।

अदालतले नेपालगञ्ज बेन्चबाट सम्पादन भएको कार्यप्रगतिको बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाटको अवसरमा बोल्दै अदालतका बरिष्ठतम न्यायधीश डा.रत्नबहादुर बागचन्दले आर्थिक वर्ष २०७७–०७८ मा फच्र्यौट गर्नु पर्ने मुद्दको संख्या १ हजार ६ सय ७९ को तोकिएको लक्ष अनुसार ६८ प्रतिशत १ हजार १ सय ४२ मुद्दा फच्र्यौट गर्नु पर्नेमा सिमित जनशक्ति तथा कोरोना संक्रमणको कारण ५० प्रतिशत ८ सय ४० मात्र फच्र्यौट गर्न सकिएको जानकारी दिए ।

उच्च अदालत तुलसिपुर नेपालगञ्ज बेन्चमा ८ जना अधिकृत, ८ जना नायव सुब्बा साथै लार्यब्ररियन, ईलेक्ट्रिसियन लगायतको दरबन्दी लामो समयदेखि रिक्त रहेको छ । दरबन्दी अनुसारको कर्मचारी नहुन र भएका पनि काज सरुवा भएर जाँदा कार्य सम्पादनमा कठिनाई हुने गरेको हो ।

उनले दरबन्दी अनुसारको जनशक्ति पुरा भएको खण्डमा तोकिएको लक्ष भन्दा पनि वढी मुद्दा फच्र्यौट गर्न सकिने दाबी गर्दै भने–‘ आवश्यक जनशक्तिको अभावमा तोकिएको लक्ष पुरा गर्न कठिन भएको छ । दरबन्दी अनुसारको जनशक्ति भएमा लक्ष भन्दा अधिक मुद्दा फच्र्यौट गर्न सहज हुने छ ।’

नेपालगञ्ज बेन्चका बरिष्ठतम न्यायधीश डा. बागचन्दले पछिल्लो समयमा अदालतको सेवालाई सेवाग्राहीमैत्री बनाउन प्रयास थालिएको बताउदै देशको संविधानको रक्षा र जनतालाई न्याय दिनका लागि अदालत सधै क्रियाशिल रहँदै मिडियामैत्री भएर अघि बढ्ने प्रयास भईरहेको जानकारी दिदै भने–‘न्यायालयमा मुद्दा हार्नेहरु पनि सन्तुष्ट भएर जाने गरि अदालतबाट कार्यसम्पादन हुने गरि काम हुन सुरु गरिएको छ ।’

उच्च अदालत तुलसीपुर नेपालगञ्ज ईजलासका न्यायधीश टेकप्रसाद ढुंगानाले अदालतमा आउने मद्दाको प्रकृति अनुसार देवानी अन्तरगत अंश संबन्धित मुद्दा ९१ वटा, फौजदारी अन्तरगत लागू औषधका सबै भन्दा बढी २ सय ३८ र जबरजस्ती करणी कसुर १ सय १८, बैंकिङ्ग कसुर १ सय ३ वटा मुद्दा रहेको जानकारी दिए ।


‘सिमित जनशक्तिमा कार्य सम्पादन गर्नुपर्ने बाध्यातासंगै भएको जनशक्ति पनि काज सरुवा हुँदा कार्य सम्पादनमा असहज हुने गरेको छ । कर्मचारी रिक्तताका कारण सेवा प्रवाहमा समस्या भईरहेकोले न्यया सम्पादन नै ढिलो भएको हो कि भन्ने भान परेको छ । जबकी त्यसो होईन ।’

अदालतका रजिष्ट्रार चिन्तामणी शर्माले कोभिड लगायतका कारण अपेक्षा अनुसार मुद्धा फच्र्योट हुन नसकेको रजिष्ट्रार शर्माले जानकारी दिए । उनले कोभिडको संक्रमणको कारण अदालतमा परेका केही मुद्दाको भर्चुअल माध्यामबाट बहस सम्पन्न गराई फैसला किनारा समत गरिएको जानकारी दिए ।

रजिष्टार शर्माका अनुसार उच्च अदालत तुलसिपुर नेपालगञ्ज बेञ्चबाट कोरोना संक्रमणको दोस्रो भेरियन्टमा ६२ थान मुद्दा र पहिलो भेरियन्टमा ५२ थान मुद्दा भर्चुअल माध्यामबाट फैसला गरिएको थियो ।

अदालतबाट भएगरेका काम कारवाहीबारे जानकारी दिन र सञ्चारकर्मी तथा सञ्चार माध्यमसँग सहकार्य गर्ने उद्देश्यले पत्रकार भेटघाट राखिएको रजिष्ट्रार शर्माले बताए । अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइने अदालतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु

२९ श्रावण २०७८, शुक्रबार ११:५८
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बाँके कोहलपुरका एकजना र अर्का कैलाली टीकापुरका संक्रमितको मृत्यु भएको हो । कोहलपुर नगरपालिका–८ का ४३ वर्षीय पुरुषको बिहीवार राती डेढ बजे मृत्यु भएको हो । साउन २१ गते अस्पताल भर्ना भएका उनलाई २२ गते […]