दाङ : दाङको राप्ती गाउँपालिका वडा न.३ मसुरीयाबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा, दाङ राप्ती गाउँपालिका ३ मसुरिया बस्ने २७ वर्षीय शेरे भनिने दिलिप कामी, सोही ठाउँ बस्ने २२ वर्षीय सुरज कामी, वडा नं.४ बस्ने २२ वर्षीय सुशील गिरी, वडा न १ बस्ने २० वर्षीया नेहा राई र रोल्पा लुङग्री १ घरभई हाल राप्ती १ बस्ने ३० वर्षीय छबिलाल पुन मगर रहेका छन् ।
रामकली कामीको घरमा लागुऔषध कारोवार तथा सेवन हुँदैछ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी मसुरिया दाङबाट प्रहरी नायब निरीक्षक निम बहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरी नायब निरीक्षक खत्रीका अनुसार, उक्त घरमा रितपुर्वक खान तलासी गर्दा लागुऔषध ३ ग्राम ०.१ मिलिग्राम फेलापारी उनीहरूलाई नियन्त्रण लिइएको हो ।
दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको खत्रीले बताए ।