कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु

सदरलाइन संवाददाता २९ श्रावण २०७८, शुक्रबार १३:२४
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बाँके कोहलपुरका एकजना र अर्का कैलाली टीकापुरका संक्रमितको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका–८ का ४३ वर्षीय पुरुषको बिहीवार राती डेढ बजे मृत्यु भएको हो । साउन २१ गते अस्पताल भर्ना भएका उनलाई २२ गते कोभिड पुष्टि भएको थियो ।


यस्तै टीकापुर नगरपालिका–८ की ४५ वर्षीया महिलाको शुक्रवार बिहान ४ बजे मृत्यु भएको हो ।

उनी साउन २० गते अस्पताल भर्ना भएकी थिइन् । त्यसैदिन उनलाई कोभिड पुष्टि भएको थियो । योसंगै बाँके जिल्लाको मृतक संख्या ३२४ पुगेको छ भने अन्य जिल्लाको मृतक संख्या ३८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा अवैध लत्ताकपडा बरामद

२९ श्रावण २०७८, शुक्रबार १३:२४
नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले बरामद गरेको अवैध कपडा आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरीको टोलीले नेपालगञ्ज १० बाट भारतबाट अवैध रुपमा ल्याउदै गरिएको ठुलो परिमाणको लत्ताकपडा बरामद गरी भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् । एसपी अधिकारीका […]