फुल्टेक्राको चौतर्फी विकासका लागि समिति निर्माण

सदरलाइन संवाददाता २३ श्रावण २०७८, शनिबार १२:२४
 

नेपालगञ्ज : फुल्टेक्राका युवाहरुको अगुवाईमा बृहत विकासका लागि पहल गरिएको छ । धार्मिकस्थल स्थानीय हडियाबाबा आश्रममा शनिबार भएको भेलामार्फत फुल्टेक्राको चौतर्फी विकासका लागि समिति गठन गरिएको छ ।

भेलामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा, रामनगर, नयाँबस्ती लगायतको स्थानमा रहेका सम्पूर्ण सानो ठूलो मठमन्दिरको बृहत विकासका लागि कार्य थालनी गर्ने, स्थानीय हडियाबाबा आश्रमलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने, मठमन्दिरहरुको सरसफाईदेखि भईपरी आउने समस्या समाधानका लागि पहल गर्ने विषयमा छलफल केन्द्रित रहेको भेलामा सहभागी बृजेश त्रिपाठीले जानकारी दिए ।

फुल्टेक्रामा रहेको आँखा अस्पताल, हडियाबाबा आश्रम, फुल्टेक्रा ताल, फुल्टेक्रा माध्यमिक विद्यालयलाई अन्य स्थानमा कसरी चिनाउन सकिन्छ त्यसको लागि सम्बन्धित पक्षहरुसँग छलफलको माध्यमबाट योजना बनाउने लगायत विषयमा छलफल गरिएको छलफलमा सहभागी मदनराज शर्माले बताए ।

वडाअध्यक्ष समिरप्रताप सिंहले फुल्टेक्राको बृहत विकासका लागि वडामार्फत वा आफ्नो व्यक्तिगत लगानीमा के गर्न सकिन्छ म सदैव तयार रहेको बताए ।


त्यसैगरी, स्थानीय समाजसेवी एवं शिव पार्वती मन्दिर संरक्षक माधवराम बर्माले फुल्टेक्राको बृहत विकासका लागि आफू अहोरात्र खटिन तयार रहेको बताए ।

उक्त भेलाबाट मदनराज शर्माको संयोजकत्वमा टोली गठन गरिएको छ । जसको सहसंयोजकमा दिलिप रेग्मी, सचिवमा विनयराज गौतम, कोषाध्यक्षमा अनुप शर्मालाई चयन गरिएको छ ।

यसैगरी, सदस्यहरुमा विक्रान्त श्रीवास्तव, अमितराज रेग्मी, हितेश भारती, रविन्द्र थापा, चन्द्रेश्वरराज त्रिपाठी, अर्जुन भट्टराई, अरविन्दकुमार देव, शरेण शर्मालाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२३ श्रावण २०७८, शनिबार १२:२४
नेपालगञ्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले शनिवार नेपालगञ्जमा निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगञ्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगञ्ज अन्नपूर्ण, होलस्टिक होम केयर र मानवता नेपाल बाँके नामका चारवटा संघसंस्थाहरुले संयुक्तरूपमा निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको […]