भारतीयलाई लिन गएको विमानलाई चीनले उड्न नदिएको आरोप

१० फाल्गुन २०७६, शनिबार १५:५९
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई लिनका लागि पठाएको विमान चिनियाँ अधिकारीहरुले उडान अनुमति नदिँदा त्यहीँ अड्किएको छ ।

 

भारतीय अधिकारीका अनुसार विश्वका कयौँ देशले आफ्ना नागरिकको उद्धारका लागि विमान पठाइरहेका छन् ।

 


ती सबै देशका जहाज उड्न चीनले अनुमति दिइरहेको छ । तर भारतीयको उद्धारमा पुगेको जहाजलाई हुवानबाट उड्न नदिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

भारतीय अधिकारीका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति शी जिनपिङ्गलाई पत्र लेखेर यस आपतमा चिनियाँ सरकार र जनताको साथमा रहने जनाउँदै हरसम्भव मदत गर्न तयार रहेको उल्लेख गरेका थिए ।  कोरोना भाइरसका कारण चीनमा कयौँ देशका नागरिक फसेका छन् । (एजेन्सी)

Next Post

आहा रारा गोल्ड कपको पुरस्कार राशी बढ्यो

१० फाल्गुन २०७६, शनिबार १५:५९
सदरलाइनडटकम, काठमाण्डौ : १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेर १० लाख पुर्याइएको छ । सहारा क्लबले शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पुरस्कार वृद्धि गरिएको जानकारी दिएको हो । गत वर्ष ८ लाख १ हजार प्रदान गरिएकोमा यो वर्ष २ लाख बढाएर १० लाख […]

सम्बन्धित