नेपालगञ्ज विमानस्थलबाट २४ लाख रकमसहित ५ जना भारतीय पक्राउ

सदरलाइन संवाददाता २४ श्रावण २०८१, बिहीबार १९:३७
 

नेपालगञ्ज :  नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २४ लाख रकमसहित ५ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

नेपालगञ्ज विमानस्थलबाट काठमाण्डौँको लागि उडान हुन लागेका भारतीय नागरिकहरुलाई सो रकम सहित प्रहरीले नियन्त्रण गरेको हो ।


प्रहरी नियन्त्रणमा पर्नेहरुमा जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश भारत बस्ने वर्ष ४४ को प्रकाश नारायण गुप्ता, सोही ठाउँका वर्ष ४३ को अजय मिश्रा, वर्ष ४५ को आषिश गुप्ता, वर्ष ३९ को पंकज जैसवाल, वर्ष ४६ को बिमल गुप्ता रहेका छन् ।

बिमानस्थलमा चेकजाँच गर्ने क्रममा निजहरुको साथमा जम्मा रु चौबिस लाख नगद स्रोत नखुलेको रकम फेला पारीएका जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

प्रहरीले उनीहरुलाइ थप अनुसंन्धानको लागि जिल्ला अदालतबाट दिन ४ (चार) को म्याद थप लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाईने छ  : स्वास्थ्य मन्त्री पौडेल

२४ श्रावण २०८१, बिहीबार १९:३७
नेपालगञ्ज :  नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस बाँकेले शुक्रबार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको जानकारी दिए । उनले […]