डेल्टा भेरियन्टप्रति डब्लुएचओको चिन्ता

सदरलाइन संवाददाता ११ असार २०७८, शुक्रबार १०:३०
 

नेपालगञ्ज : विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकोे भन्दै चिन्ता व्यक्त गरेको छ । यही अनुपातमा डेल्टा भेरियन्ट फैलिरहे विश्वमै संक्रमण बढ्ने खतरा भएको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका अनुसार अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको छ । पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको छ । अहिलेसम्म कोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको छ ।


डब्लूएचओले कोरोना भाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको जनाएको छ । डेल्टा, अल्फा भेरियन्ट भन्दा तीव्र गतिमा फैलने गरेको पाइएको छ । डेल्टा भेरियन्ट भारत, नेपाल लगायत देशमा भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

११ र १२ का विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

११ असार २०७८, शुक्रबार १०:३०
काठमाण्डौ : सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन्। सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा […]