नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सदरलाइन संवाददाता २३ श्रावण २०७८, शनिबार १२:३३
 

नेपालगञ्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले शनिवार नेपालगञ्जमा निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगञ्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगञ्ज अन्नपूर्ण, होलस्टिक होम केयर र मानवता नेपाल बाँके नामका चारवटा संघसंस्थाहरुले संयुक्तरूपमा निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ ।

बिहान ७ बजेदेखि सवा ९ बजेसम्म भएको कार्यक्रममा ७० जनाले सेवा लिएको लायन्स क्लब अफ नेपालगञ्ज एभरेस्टकी अध्यक्ष ला–सुमन गिरीले बताइन् । कार्यक्रमको पहिलो सत्रमा लायन लिडरहरु ला– ज्ञानेन्द्र श्रेष्ठ, ला– रमेश कुमार श्रेष्ठ, ला– भिम सुवेदी, लगायतले सो कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्नका लागि अनुरोध गरेका थिए ।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ नेपालगञ्ज अन्नपूर्णकि अध्यक्ष ला– हिरा खरालले गरेका थिए भने कार्यक्रम सञ्चालन लायन्स क्लब अफ नेपालगञ्ज एभरेस्टकि सचिव ला– खेमा भण्डारी श्रेष्ठले गरेका थिए ।


अब उप्रान्त प्रत्येक शनिबार बिहान यी चारवटा संस्थाले नेपालगञ्जका चोकचोकमा निःशुल्क स्वास्थ्य जाँच गर्ने भएका छन् ।

जसका लागि नेपालगञ्जको सदरलाईनमा रहेको मध्यपश्चिम पोलिक्लिनिक प्रा– लि– ले सुगर जाँचका लागि निःशुल्क सहयोग गर्ने भएको छ ।

सो स्वास्थ्य शिविरमा होलस्टिक होम केयर नेपालगञ्जको टीमले रगत संकलनदेखि प्राविधिक सहयोग, मानवता नेपाल बाँकेको सहयोग, थ्रि आर इको ग्रिन नामक संस्थाका टीमले प्राविधिक सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नाईस नेपालगञ्जको दोश्रो बार्षिकोत्सब सम्पन्न

२३ श्रावण २०७८, शनिबार १२:३३
नेपालगञ्ज : राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गरि नाईस नेपालगञ्जले एक असल संस्कारको बिकास गरेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले बताएका छन् । नाईस नेपालगञ्जको दोश्रो बार्षिकोत्सब तथा नाईस अवार्ड २०२१ समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर राणाले यस्तो बताएका हुन् । राम्रो काम गर्ने व्यक्ति वा […]

सम्बन्धित